Logo

सान्चेज युनाइटेडको प्रि सिजन टोलीमा सामेल



Spread the love

१४ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेडको प्रि सिजन टोलीमा एल्क्सिस सान्चेज फर्किएका छन् । कोपा अमेरिकामा सहभागी भएका सान्चेज त्यसपश्चात आराम गरिरहेका थिए । उनको टोली चिली कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा अर्जेन्टिनासँग हार व्यहोरेको थियो ।

कोपा अमेरिकामा सान्चेज निकै लयमा देखिएका थिए । उनले युनाइटेडका लागि ४५ खेलबाट ५ गोल गरेका छन् । उनलाई त्यहि चुनौति युनाइटेडबाट देखाउने दबाब रहेको छ ।

सान्चेजसँगै टोलीका स्टार खेलाडी डेभिड डी जिया, भिक्टोर लिन्डेलोफ र नयाँ खेलाडी डानियल जेम्स पनि प्रशिक्षणमा सामेल भएका छन् ।

कोपा अमेरिकामा सान्चेजले गरेको प्रदर्शन युनाइटेडका लागि राहतको विषय अवस्य हुन सक्दछ । निकै आशा गरेर युनाइटेड भित्राइएपनि उनी त्यसमा खरो रुपमा उत्रन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्