Logo

उद्घाटन खेलमा नेपालले भारतको सामना गर्ने



Spread the love

१४ साउन, काठमाडौं । साफ यू–१५ फुटबल प्रतियोगिता भारतमा हुने भएको छ । भदौको चार गतेबाट भारतको कल्याणी रंगशालामा प्रतियोगिता सुरु हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटानले सहभागिता जनाउने छ ।

यस पटक पाकिस्तानले साफ यू–१५ फुटबल प्रतियोगिता प्रतियोगितामा सहभागिता जनाउने छैन । समूह चरणको नतिजाको आधारमा शीर्ष २ टोली उपाधिका लागि भिड्ने छन् । उद्घाटन खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्नेछ भने प्रतियाेगिताकाे फाइनल खेल भदौ १४ गते हुनेछ ।

गत वर्ष काठमाडौँमा भएको यू-१५ साफ फुटबलमा नेपालले चौथो स्थानमा चित्त बुजाएको थियो । यसपटकको प्रतियोगिताका लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्