Logo

सर्पदंशबाट एकको मृत्यु



Spread the love

१४ साउन, झापा – झापाको बाह्रदशीमा सर्पदंशका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेल छन् । उनलाई आज बिहान घरमै विषालु सर्प (गोमन) ले डसेको बाह्रदशी गाउँपालिका–३ का वडासदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिइन् ।

अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो निकाल्ने क्रममा पौडेललाई सर्पले डसेको हो । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पुर्याइएको र भेन्टिलेटर अभावका कारण बिर्तासिटी अस्पताल पठाइएकामा मृत्यु भएको अधिकारीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्