Logo

इन्टरनेसनल सुपर कपको उपाधि पीएसजीलाई



Spread the love

१५ साउन, काठमाडौं । अष्ट्रेलियन च्याम्पियन सिड्नी एफसीलाई पराजित गर्दै इन्टरनेसनल सुपर कपको उपाधि फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेनले हात पारेको छ । सोझुमा भएको खेलमा सिड्नीमाथि पीएसजीले ३-० को जित निकालेको हो ।

ब्राजिलियन स्टार नेयामरबिना नै उत्रिएको पीएसजीले खेलको ३८ औं मिनेटमा किलियन एम्बाप्पेको गोल मार्फत अग्रता बनायो । पीएसजीले त्यसको ५ मिनेटमै अग्रता दोब्बर गर्यो । सिड्नीका मुख्य खेलाडी घाइते हुँदा खेलमा फर्कने सम्भावना एकदमै न्यून बनेको थियो ।

पीएसजीले दोस्रो हाफमा १० खेलाडी परिवर्तन गरेको थियो । पीएसजीका लागि ८९ औं मिनेटमा मेथान गुक्लुले गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । पीएसजीले यसै शनिबार फ्रेन्च कप विजेता रेन्नेससँग ट्रफी दे च्याम्पियनका लागि प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्