Logo

सुपरस्टार रोनाल्डो मैदानमा नआएपछि समर्थकहरुद्वारा आयोजकलाई मुद्दा



Spread the love

१५ साउन, काठमाडौं । युभेन्टस र कोरियाको के-लिगको अल स्टार्स बीचको खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो मैदानमा प्रवेश नगरेसंगै समर्थकहरुले आयोजकविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

आयोजकका अनुसार युभेन्टससँग गरिएको सम्झौतामा रोनाल्डोले कम्तिमा ४५ मिनेट खेल्ने भएका थिए । तर उनलाई प्रशिक्षक सार्रीले पूरै समय बेन्चमा नै राखे । रोनाल्डो पुरै खेल अवधिभर नै बेन्चमा रहेसंगै रुष्ट भएका समर्थकले रोनाल्डोलाई चिढ्याउन मेस्सीको नाम लिएर समेत नाराबाजी गरेको थियो । तीमध्य केहि समर्थकले भने सोलस्थित अदालतमा मुद्दा दर्ता गरेका छन् ।

समर्थकहरुले टिकटका लागि तिरेको ७० हजार वन फिर्ता माग्नेपछि मानसिक तनाव दिएको भन्दै १० लाख वन क्षतिपूर्ति माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्