Logo

४१ वर्षपछि २० रुपैयाँ चोरीको फैसला



Spread the love

अदालत भनेको एउटा त्यस्तो स्थान हो जहाँ मानिसहरू समस्या पर्दा न्याय पाउनका लागि जाने गर्दछन् l तर अदालतबाट न्याय पाउनु वा सफाई पाउनु भनेको आफ्नो पुरै जीवन ढल्नु हो l

यसको उदाहरण बनेको छ भारतमा घटेको एक घटना जहाँ २० रुपैयाँ भारु चोरी गरेको आरोपमा मुद्दा खेपेका एक जना व्यक्तिले ४१ वर्षसम्म अदालतको तारेख खेपेपछि बल्ल सफाइ पाएका छन् l

यो घटना मध्य प्रदेशस्थित ग्वालियरको हो । स्थानीय लोक अदालतमा सो मुद्दाको फैसला भएको हो । स्थानीय बाबुलाल नामका व्यक्तिले सन् १९७८ मा इस्माइल खान नामका व्यक्तिमाथि आफ्नो २० भारु चोरेको भनी उजुरी दर्ता गरेका थिए । बसको टिकट लिनका लागि लाइनमा लागेको बेला बाबुलालले आफ्नो २० भारुको चोरी इस्माइललाई लगाइएको थियो l

त्यस बखत बाबुलालको उमेर २० वर्षको थियो भने अहिले उनी ६१ वर्षका भैसकेका छन् । त्यस्तै इस्माइलको उमेर ६८ वर्षको भएको छ । ४१ वर्षसम्म चलेको उक्त मुद्दाले बल्ल इस्माइललाई सफाइ दिने फैसला गरेको छ । दोषी इस्माइलले आइन्दा भविष्यमा यस्तो अपराध नगर्ने भनी कबुल गरे पश्चात् मात्रै स्थानीय लोक अदालतले उनलाई सफाइ दिने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्