Logo

घरको शुन्यता अभिभावकको लागि हानिकारक



Spread the love

धेरै बच्चाहरुको स्कुले जीवन आफ्ना आमाबुवासँग बसेर नै पुरा गर्ने गर्छन् । जब बच्चा ठूलो हुन्छन्, उनीहरु बाँकीको पढाई पुरा गर्नको लागि विदेश जान्छन् वा शहर पस्छन् । छोराछोरी घरबाट निस्केपश्चात घर शुन्य हुन्छ । यो शुन्यता अभिभावकको लागि यति घातक भइदिन्छ कि उनीहरु गम्भीर मानसिक रोगको समेत शिकार हुन्छन् ।

यस्तोमा एकातिर अभिभावकलाई आफ्नो छोराछोरीको सफलताको खुशी हुन्छ भने अर्कोतिर एक्लोपनले पिरोल्न थाल्छ ।

घरको शुन्यता
यस्तोमा अभिभावकहरुलाई आफ्नो बच्चसँगको दूरी स्वीकार्न मुस्किल हुन्छ । बिहान स्कुल पठाउने देखि राती सुत्ने बेलासम्म हरेक समय आमाले उनीहरुको हेरचाह गर्छन् ।

दिनरात बच्चाहरुको चिन्तामा डुबेका हुन्छन् । घरको चहलपहल सबै बन्द हुन्छ । यस्तोबेला आमालाई केही काम नभएको जस्तो महसुस हुन्छ । सामान्यतया बुवाले खुलेर आफ्नो भावना व्यक्त गर्दैनन् । तर उनलाई पनि घरको सुन्यताले भित्रभित्रै खोक्रो बनाइरहेको हुन्छ ।

छोरा छोरीहरुको बिहान बेलुका प्रेमले भरिएको गाली गलौजले घरको माहोल खुशीमय बनेको हुन्छ । यस्तोमा अचानक छोराछोरीहरु घरबाट टाढा हुँदा आमाबुवाको मनमा सन्नाटा छाउँछ ।

मानसिक तयारी जरुरीः
बच्चाहरु बाहिर गएपछि आमाबुवाको मनमा जुन उदासीले भरिएको मनोदशाबाट ग्रस्त हुन्छ । आफ्नो जीवनमा अचानक आउने खालीपनको कारणले डिप्रेसनको शिकार हुन्छ । हुन त महिलाहरु समयको साथ साथ आउने यस बदलावको मानसिक रुपमा तयारी रहन्छन् ।

आफ्नो लागि समय निकाल्नेः
लामो समयसम्म बच्चाको हेरचाहमा दिनरात व्यस्त हुने कारण महिलाहरु आफ्नो लागि समय निकाल्न पाएको हुँदैन् । आफ्नो रुचीको काम गर्ने, आफ्नो स्याहार सुसार गर्ने, आफुलाई मनपर्ने खाना पकाएर खाने, साथिहरुसँग घुम्न जाने, फिल्म हेर्ने जस्ता काम गरेर आफुलाई व्यस्त राख्ने ।

श्रीमान श्रीमतीले एक अर्कासँग समय बिताउनेः

बिहान सँगै मर्निङ वाक जाने व्यायाम गर्ने, योगा गर्ने, खाना बनाउँदासँगै बनाउने, घुम्न जाने त्यस्तै मनपरेको फिल्म हेर्न सकिन्छ । पर्याप्त समय मिल्ने भएकोले स्वास्थ्यको ख्याल राख्न सकिन्छ ।

दिनरात कडा मेहनत गर्ने आमाबुवा आफ्नो खुशीको लागि पनि जिउने गर्नुहोस् । यस्तो हुँदा घरबाट टाढा भएको बच्चाहरु पनि तनावमुक्त भएर पढ्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्