Logo

शक्तिले टिकालाई ‘कती हो धन पर्ने?” भनेपछी!(भिडियो सहित)



Spread the love

लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल मध्यपश्चिमको सल्यान जिल्लामा जन्मीएर काठमाडौंलाई कर्म थलो बनाई निरन्तर लोक संगितको क्षेत्रमा लामो संघर्ष गर्दै गायन कला मै आफुलाई समर्पित गरेका चर्चित लोक गायक शक्ति चन्दले पछिल्लो समय दर्जनौ बढी हिट गितहरु बजारमा पठाएर आफ्नो स्टारडमलाई उचाईमा पु¥याएका छन ।यसै क्रममा चर्चित लोक गायक शक्ति चन्द र गायीका टिका पुनको स्वरमा तीज विषेश गीत “कति हो माया धन पर्ने …..” सार्वजनिक एको भएको छ।

जस्तो सुकै प्याटर्न र लयमा भएका गितहरुलाई आफ्नो सुमधुर स्वरमा राम्रोसंग ढाल्न सक्ने क्षमता भएका गायक चन्द, लोक संगितको क्षेत्रलाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने उनको गायन क्षमताबाट सजिलै संग अनुमान गर्न सकिन्छ। यस अघि पनि धेरै गितहरु दर्शक श्रोता माझ पस्केका शक्तिले यतिबेला “कति हो धन पर्ने” बोलको गित बजारमा ल्याएका छन् ।

प्राय: हाई प्याटर्नका गित गाउदा जम्ने शक्तिको पछिल्लो समय बिभिन्न कार्यक्रममा पनि उत्तिकै माग हुन थालेको छ।
आज भोली बढी जसो स्टेज कार्यक्रममा व्यस्त हुने चन्द स्टेज तताउन र दर्शकलाई नचाउन निकै खपिस छन। जस्तो सुकै परिस्थिती र सबैसंग मिल्न सक्ने मिजासिलो स्वभावका चन्द आफुले अझै पनि दर्शकको रोजाई अनुुसार गितहरु बजारमा ल्याउन बताउछन । पल पल झल्को आएर, तिम्लाई शुभकामना, गाठो पर्याे डोरी, मनका विलरी, मलै छक्का हान्छु, होला नानै, मत बगर ढुङ्गे वालुवा, जस्ता हिट गितहरुमा शक्तिले आवाज भरेका छन । अब गायनमा मात्रै नभएर आफुले आउने गितमा मोडलिङ गर्नै सोच रहेका उनले बताए।

हमाल म्युजिक प्रा.लि.को प्रस्तुति, किरण बाबू पुनको लय र शब्दमा टिका पुन र शक्ति चन्दले स्वर दिएका छन्।चर्चित गायक शक्ति चन्द र गायीका टिका पुनको स्वर रहेको यस गितको म्युजिक भिडियो पनि हमाल म्युजिक प्रा.लि.को युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ। जसमा अहिलेका व्यस्त नृत्य निर्देशक बिक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोमा तिलक शाही ठकुरी र टीका जैसीको उत्कृष्ठ अभिनय हेर्न सकिन्छ। बासु वरालले छायांकन गरेको गितलाई मिलन बिकले उत्कृष्ट सम्पादन गरेका छन् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला।

https://www.youtube.com/watch?v=denaeugFl_4&feature=share

प्रतिक्रिया दिनुहोस्