Logo

बायर्नलाई पराजित गर्दै टोटनह्यामले जित्यो उपाधि



Spread the love

१६ साउन, काठमाडाैँ – जर्मनीमा भएको आउदि कपको उपाधि इंग्लिस क्लब टोटन्ह्यामले जितेको छ । हिजो राति भएको खेलमा जर्मन जायन्ट बायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै टोटन्ह्यामले उपाधि जितेको हो ।

निर्धारत समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउमा गएको थियो । जसमा वार्यन चुक्दा टोटन्ह्यामको पोल्टामा उपाधि गयो । टोटन्ह्यामले खेल समग्रमा ६–५ ले जितेको हो ।

खेलको निर्धा्रित समयमा टोटन्ह्यामका लागि एरिक लमेला र क्रिस्टियन एरिक्शनले १–१ गोल गर्दा बायर्नका लागि भने जान फिटे आर्प र अल्पन्सो डेभिजले १–१ गोल गरे ।

प्रतियोगितामा तेश्रो स्थान भने स्पेनिस रियल मड्रिडले प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्