Logo

सामाजिक अभियन्तालाई पुरस्कार



Spread the love

१६ साउन, खोटाङ – छुवाछूतमुक्त तथा जातीय विभेदविरुद्धको अभियानमा लागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का टङ्कप्रसाद आचार्यलाई ‘शहीद मनोज जोशी स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।

जिल्लामा कायम रहेको छुवाछूत तथा जातीय विभेद अन्त्य गर्ने अभियानमा लागेका ७६ वर्षीय आचार्यलाई शहीद मनोज जोशीको २८औँ स्मृति दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा नगद रु ५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

हिन्दु संस्कारमा हुर्किएका आचार्यले आफ्नो समाजमा कायम रहेको छुवाछूत तथा जातीय विभेद अन्त्य गर्न अभियान थालेकाले प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको आयोजक शहीद मनोज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए । प्रदेशसभा सदस्य राजन राईले आचार्यलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गरे ।

समाजमा महिला र पुरुषबाहेक अन्य जात नरहेको भन्दै छुवाछूत तथा जातीय विभेद गर्नु दण्डनीय हुने आचार्यले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्