Logo

फिफा अवार्ड मनोनयनमा लिभरपुलको दबदबा



Spread the love

१६ साउन, काठमाडौं । फिफा द बेस्ट अवार्डको मनोनयन सार्वजनिक हुँदा लिभरपुलका खेलाडीको बर्चस्व कायमै रहेको छ । मनोनयनमा लिभरपुलबाटै तीन खेलाडी भर्जिल म्यान डाइक, साडियो माने र मोहमद सलाह मनोनयनमा परेका छन् ।

गत सिजन टोटेनहमलाई पराजित गर्दै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । यस पटक पनि क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीसँगै पिएसजीका स्टार कालियन एमबाप्प पनि द बेस्ट उपाधि होडमा रहेका छन् ।

टोटनह्यामका ह्यारी केन, माथियास डि लाइट र फ्रेङ्की डि जोङ मनोनयनमा परेका छन् । यो सिजन रियल म्याड्रिडमा पुगेका इडेन हाजार्ड पनि १० जनाको मनोनयमा परेका छन् । रियलबाट मनोनयमा पर्ने उनी एक्ला हुन् ।

प्रतिक्रिया दिनुहोस्