Logo

बंगलादेशसँगको एक दिवसीय सिरिजमा श्रीलंकाको क्लिस्वीप



Spread the love

१६ साउन, काठमाडौं । बंगलादेशविरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले क्लिनस्वीप गरेको छ । बुधबार अन्तिम वान डे खेलमा बंगलादेशमाथी १ सय २२ रनको फराकिलो जित हात पार्दै श्रीलंकाले सिरिज ३-० ले आफ्नो पोल्टामा पारेको हो ।

२ सय ९५ रनको फराकिलो विजयी लक्ष्य पछ्याएको बंगलादेश ३६ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । उसका लागि ताइजुल स्लाम २८ बलको सामना गर्दै अविजित ३९ रन जोडे । सौम्य सरकारले ८६ बलमा ६९ रनको योगदान दिएपनि टोली भने हारबाट बच्न सकेन ।

मुश्फिकुर रहिम १०,ओपनर अनमुल हक १४ रन जोड्न बाहेक अन्यले दोहोरो रङ बनाउन सकेन । श्रीलंकाका लागि दासुन शनाकाले सर्वाधिक ३ विकेट हात पारे भने कशुन रजिथा र लाहिरु कुमाराले समान २ विकेट लिए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो । श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले सर्वाधिक ८७ रन जोड्दा कुशल मेन्डिसले ८४ रनको पारी खेले । डिमुथ करुनारत्नेले ४६ तथा कुशल परेराले ४२ रन जोडे ।

बंगलादेशका सफिउल इस्लाम र सौम्य सरकारले तीन–तीन विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्