Logo

ब्यालोन डि’ओरको दौडमा मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइक



Spread the love

१६ साउन, काठमाडौं । यस वर्षको ब्यालोन डि’ओरको दौडमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा अगाडी लिभरपुलका २७ वर्षे डिफेन्डर भर्जिल भान डाइक रहेका छन् ।

सन् २०१८ मा ७५ मिलियन पाउन्डमा भान डाइन लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । भान डाइनले सिजन अवधिभर २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए ।

उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पारेका थिए । सेप्टेम्बरमा हुने ब्यालोन डि’ओरको समारोह अगाडी भान डाइक ले अधिकांश बेटिङ साइटहरुमा अग्रस्थानमा रहेका छन् ।

गत वर्ष १०-वर्षे मेस्सी-रोनाल्डो प्रभुत्व तोड्दै क्रोएसियाका कप्तान लुका मोड्रिचले सो उपाधि उचालेका थिए ।

प्रतिक्रिया दिनुहोस्