Logo

मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब लिभरपुल र चेल्सी विजयी



Spread the love

१६ साउन, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब लिभरपुल र चेल्सी विजयी भएको छ छन् । बुधबार राति भएको खेलमा लिभरपुलले फ्रेन्च क्लब लियोनलाई ३–१ गोलले पराजित गर्दा अर्को खेलमा चेल्सीले अष्ट्रेलियन क्लब साल्जबर्गलाई ५–३ गोलले हराएको छ ।

लियोनले लिभरपुलविरुद्ध चौथो मिनेटमा मेम्फिस डिपेको गोलमार्फत अग्रता बनायो भने १७ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिन्होले गोल गर्दै खेल बराबरीमा ल्याए ।

२१औं मिनेटमा लियोनका जोचिम एन्डरसनले आत्मघाति गोल गरेपछि लिभरपुले अग्रता बनायो । त्यसपछि ५३औं मिनेटमा ह्यारी विल्सनले गोलगर्दै लिभरपुलको जित पक्का गरे ।

त्यस्तै , चेल्सीको जितमा २० औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गरे । २३औं मिनेटमा रोस बर्कलीले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको अग्रता दोब्बर गर्यो ।

पुलिसिकले २८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि ५०औं मिनेटमा साल्जबर्गका जेरोम ओनग्युनेले एक गोल फर्काए । पेड्रो रोड्रिग्वेजले ५७ औं मिनेटमा गोलगर्दै चेल्सीको अग्रता बनाइ राख्यो । ८६औं मिनेटमा ताकुमी मिनामिनोले पेनाल्टीमार्फत साल्जबर्गका लागि दोस्रो गोल गरे ।

८८औं मिनेटमा चेल्सीका मिक्की बात्सुवाईले अर्को गोल थपे । खेलको अन्तिम मिनेटमा घरेलु टोली साल्जबर्गका ताकुमीले व्यक्तिगत दोस्रो गोल गर्दै हारको गोलअन्तर कम बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्