Logo

कास्की जिल्लामा प्रधानाध्यापकहरूलाई समावेशी शिक्षा तालीम



Spread the love

१६ साउन, कास्की l कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका प्रधानाध्यापकहरूलाई समावेशी शिक्षा तालीम प्रदान गरिएको छ । उक्त तालिम स्वावलम्बन जीवन पद्धति केन्द्रको आयोजनामा सञ्चालित गरिएको हो l

दुई दिने तालीममा समावेशी शिक्षा कार्यान्वयनका लागि आवश्यक छलफल गरिएको छ । सो तालीममा गाउँपालिकाका प्रमुख युवराज कुँवरले अपाङ्गता परिचयपत्र वितरणमा कानुनी प्रावधानहरू नै बाझिएको देखिएकाले केही समस्या आएको बताए ।

उनले भने, “परिचयपत्र वितरण प्रक्रियामा धेरै समस्या वा असामञ्जस्यता देखिएको छ l परिचयपत्र वितरण प्रणालीमा चुस्त, व्यवस्थित र एकरूपता कायम गराउन अपाङ्गताका क्षेत्रमा क्रियाशील सङ्घसंस्थालाई स्पष्ट मार्ग निर्देशनको आधार तयार गर्नुहोस् ।”

सोही जिल्लाका प्रमुख एवं कार्यक्रमका अध्यक्ष नारायण सुवेदीले अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा कसरी गराउने भन्ने विषयमा तालीमले धेरै हदसम्म आधारहरू प्रदान गरेको बताए ।

सुवेदीले सिकेको सीपलाई सार्थकता दिन प्रअहरुलाई स्वयंबाट परिवर्तन हुँदै नतिजा उन्मुख हुन आग्रह गरे । तालीममा परम्परावादी सोच र मानसिकताले नै अपाङ्गताको क्षेत्रमा काम गर्न गाह्रो भइरहेकाले यसलार्ई तोड्न सामूहिक ऐक्यबद्धताको खाँचो रहेको स्वावलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बताएका छन् ।

उनले सरोकारवालालाई अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गर्न र पढ्ने वातावरण निर्माण गर्न आग्रह गरे । तालीममा गाउँपालिकाका शिक्षा प्रमुख बलराम भुवाई, स्वावलम्वन जीवन पद्धति केन्द्रका महासचिव अञ्जना केसी, ह्युम्यानिटी एण्ड इन्क्लुजनका समावेशी शिक्षा अधिकृत धनबहादुर राई, सबैका लागि पढाइ कार्यक्रमका समावेशी शिक्षा अधिकृत लोकबहादुर गुरुङले समावेशी शिक्षाका विविधि विषयमाथि सहजीकरण गरेका थिए ।

उक्त तालीममा नागडाँडा, वीरेठाँटी लगायत चार केन्द्रअन्तर्गतका विद्यालयका प्रधानध्यापकको उपस्थित रहेको थियो । तालीमले बालबालिकामा भएको प्रारम्भिक लक्षणको पहिचान गर्ने÷गराउने वातावरण निर्माण गर्दै कम्तीमा त्यस्ता बालबालिकालाई विद्यालयमा ल्याउन सहज वातारवरण बनाउन आफूहरूले सकारात्मक भूमिका खेल्ने सहभागीहरूले प्रतिबद्धता प्रकट गरे l

प्रतिक्रिया दिनुहोस्