Logo

पढाईमा खासै प्रगति भएको छैन यी दिशातर्फ फर्केर पढ्दा अति उत्तम



Spread the love

जुन सुकै भवन निर्माण गर्दा वास्तुशास्त्रका सिद्धान्तहरूको पालना गर्नु अत्यन्तै आवश्यक हुन्छ । आजकलका भवनहरू सबै सुखसुविधाले सम्पूर्ण हुन्छन् तर वास्तु नमिलाई बनाएकोले त्यसमा बस्ने मान्छेलाई जतिखेर पनि तनाव भइरहेको हुन्छ ।

त्यसैगरी घरको अध्ययनकक्षको वास्तु मिलेको छैन भने पढाईमा खासै प्रगति हुन पाउँदैन । वास्तुशास्त्रका अनुसार पूर्व, उत्तर र ईशान दिशालाई ज्ञानवर्धक दिशा मानिएको छ । त्यसैले पढ्दाखेरी जहिले यी दिशातर्फ फर्केर पढ्नु उत्तम हुन्छ ।

हाम्रो अध्ययनकक्ष पश्चिम दिशामा छ भने पनि हामी माथि उल्लेख गरिएका दिशातर्फ फर्केर पढौं । हामीलाई उत्तरपूर्वी कोण अर्थात् ईशान कोणबाटै इन्फ्रारेड किरणहरू प्राप्त हुन्छन् । यी किरण मानव शरीर र वातावरणका लागि अत्यन्त फलदायी हुन्छ ।

यिनले शरीरका कोषिकाहरूलाई शक्ति प्रदान गर्छन् र एकाग्रता ल्याउन मद्दत गर्छन् । त्यसैले पूर्व, उत्तर र ईशान दिशातर्फ फर्केर अध्ययन गर्नु उपयुक्त हुन्छ ।

कोठाको ढोकातर्फ विद्यार्थीहरूले ढाड देखाएर कहिल्यै पनि पढ्नु हुँदैन । कोठाको बीममुनि बसेर कहिल्यै पढ्नु हुँदैन किनकि यसबाट मानसिक तनाव हुन्छ । दक्षिणतर्फ सुत्दा स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढ्न खुब मन लाग्छ ।

किताबका दराजहरु दक्षिण र पश्चिम दिशामा राख्नुस् । खुल्ला राख्दा नकारात्मक ऊर्जा निस्कन्छ र स्वास्थ्य खराब हुन्छ । किताबहरू दराजमा ढोका बन्द गरेर राखेको धेरै राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्