Logo

बीएस्सी सीएसआइटी विषयमा भर्ना खुल्यो



Spread the love

१६ साउन, काठमाडौँ l त्रिभुवन विश्वविद्यालयले सेमेष्टर प्रणाली अनुसार पठन पाठन हुने चार बर्से स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा यही श्रावण १६ गते देखि भर्ना खुलेको हुँदा सो विषय पढ्न इच्छुक एवं योग्य विद्यार्थीहरूले आगामी भाद्र ९ गते सम्म फारम बुझाउन सक्नेछन् । थप जानकारी प्राप्तका लागि तल दिइएको सूचना पढ्नुहोस् l

 

 

 

 

प्रतिक्रिया दिनुहोस्