Logo

अनौठो गाउँ जहाँ बोलिने गरिन्छ सिठी फुकेर



Spread the love

साधरणतया मानिसहरू आफ्ना कुरा एक अर्कालाई भन्नको लागि बोलीचालीकै भाषा प्रयोग गर्ने गर्दछन् । भाषा जुनसुकै भएता पनि आफ्नो कुरा राख्नका लागि मानिसहरू बोल्ने नै गर्छन् ।

तर एउटा अनौठो ठाउँ छ, जहाँका मानिसहरू कुराकानी गर्नका लागि सिट्ठी फुक्ने गर्दछन् । उत्तरी टर्कीस्थित कृष्णसागर क्षेत्र नजिकै रहेको कुसको गाउँका मानिसहरू सिट्ठी फुकेर कुराकानी गर्ने गर्दछन् ।

मुखले सिट्ठी फुकेर बोलिने यो अनौठो भाषालाई ‘बर्ड ल्यांग्वेज’ अर्थात् ‘चरी भाषा’ भनिन्छ । त्यहाँका गाउलेहरु एक आपससँग कुराकानी गर्दा सिठी बजाएर गर्ने गर्दछन् l

तर, एउटै सिठी बजाउँदा कसले के भन्यो होला, कसरी थाहा पाउने त ? त्यसका लागि गाउँलेहरूले सिठी विभिन्न तरिकाले बजाउने गर्दछन् । सोही सिठी बजाउने तरिका अनुसार नै उनीहरूले एक अर्काको कुरा बुझ्ने गर्दछन् l त्यहाँका बालबालिकाहरू विद्यालयमा पनि सिठी नै फुकेर पढ्ने गर्दछन् । साथै मानिसहरूले नाम पनि सिठीबाटै राखिने गरिन्छ l

प्रतिक्रिया दिनुहोस्