Logo

नेयमारलाई बेच्न पिएसजी राजी



Spread the love

१६ साउन, काठमाडौं । नेयमारलाई बेच्न पेरिस सेन्ट जर्मेन तयार भएको छ । तर, उनलाई बार्सिलोना नै फर्काउनेमा भने पिएसजी इच्छुक नरहेको बताइएको छ । नेयमार फ्रान्सेली क्लबमा बस्न चाहिरहेका छैनन् ।

पिएसजीका अध्यक्ष नासिर अल खालिफा पनि खुसी नहुने खेलाडीलाई क्लबमा राख्न चाहदैनन् । तर, अघिल्लो साता बार्सिलोनाले राखेको १ सय ६५ मिलियन पाउन्डको प्रस्तावलाई पिएसजीले स्वत: अस्वीकार गरेको थियो । बार्सिलोनासँगको खराब सम्बन्धका कारण पिएसजी नेयमारलाई त्यहाँ बेच्न राजी छैन ।

अन्य क्लबले इच्छा देखाएको खण्डमा पिएसजीले नेयमारलाई बेच्ने सम्भावना रहेको छ । पिएसजीको मागलाई पुरा गर्ने बार्सिलोनासँग आर्थिक अवस्था रहेको नरहेको पनि निश्चित छैन ।

एन्टोनी ग्रिजमनलाई १ सय ८ मिलियन पाउन्डमा खरिद गरेसंगै नेयमारलाई पुनः क्लबमा भित्राउँदा अनेक समस्या आउन सक्ने अनुमानका साथ बार्सिलोना पनि उनलाई लिनेमा अझै पक्का हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्