Logo

इटहरीमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु



Spread the love

१७ साउन, इटहरी ।  इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

धरान सडकखण्ड अन्तर्गत चारकोशे झाडीमा को २९ प ४१९५ नम्बरको मोटरसाइकल ना २ च ६६८९ नम्बरको जीपमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार व्यक्तिको घटना स्थलमै मृत्यु भएको र मृतकको सनाखत हुन सकेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्