Logo

ज्ञानेन्द्रको चिया बगानले ११ बर्षदेखि कर तिरेन



Spread the love

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ बर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको खबर आजको कान्तिपुरमा छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आर्थिक बर्ष ०६२/६३ देखि बगानले कर नबुझाएको बताएका हुन् ।

उनका अनुसार एकीकृत सम्पत्ति कर अन्तर्गत बगानले हालसम्म तीन करोड ८१ लाख ४१ हजार दुई सय ८४ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ ।

‘हामीले पटक पटक लिखित ताकेता गर्दासमेत बगान प्रशासनले बेवास्ता गर्दै आएको छ’, दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्