Logo

सागको लागि यू २३ पुरुष फुटबल टोलीको तयारी सुरु



Spread the love

१७ साउन, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको लागि अखिल नेपाल फुटबल संघले यू २३ पुरुष टोलीको तयारी सुरु गरको हो । सागको यू २३ टोलीमा २३ वर्षभन्दा माथिका ३ जना खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ ।

बालगोपाल महर्जनको मुख्य प्रशिक्षणमा रहेको टोलीले राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य ५ खेलाडीलाई प्रशिक्षणमा डोकेका छन् । पहिलो दिन २५ खेलाडी प्रशिक्षणमा सामेल भएका थिए ।

महर्जनले सिनियर टोलीका गोलकिपर किरण चेम्जोङसहित, विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठलाई डाकेका छन् । यू-२३ र सिनियर टोली दुवैमा पर्नेले विश्व कप छनोटको तयारीमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्नेछन् ।

प्रारम्भिक टिम
गोलकिपर– किरण चेमजोङ, रोमन रसाइली, अर्पण कार्की, दिप कार्की, देव लिम्बु, प्रदीप भण्डारी, अभिषेक बराल

डिफेन्डर– रोहित चन्द, असिम भुषाल, विश्वास उदास, अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, सुमन आर्याल, अमित तामाङ

मिडफिल्डर– हेमन्त थापा मगर, रोशन पहरी, सेसेहाङ आङ्देम्बे, नितिन थापा, तेज तामाङ, अरिक विष्ट, अरुज सिंह, विक्रम लामा, अशोक थापा, विजय श्रेष्ठ, सुजल श्रेष्ठ, दिपेश आलेमगर, अन्जन विष्ट, सुनिल बल, सुशान्त श्रेष्ठ, रामचन्द्र वाजी

फरवार्ड- विमल घर्तीमगर, धिरज श्रेष्ठ, राजेश परियार, नवयुग श्रेष्ठ, मिछेन तामाङ, अभिषेक रिजाल, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, पुजन उपरकोटी

प्रतिक्रिया दिनुहोस्