Logo

५२६ वटा दाँत भएको बालक भेटियो, डाक्टरहरु बने हैरान !



Spread the love

एजेन्सी । सात वर्षीय बालक आफ्नो तल्लो बङ्गाराले लगातार दु:ख दिएपछि हस्पिटल पुगे । आफूलाई खानेकुरा चपाउन साथै मुख चलाउनसमेत समस्या भएको उनले बताए । बालकको पिडा चाख दिएर सुनिरहेका डाक्उटरहरुले उनलाई मुख खोल्न अर्ह्याए । बालकको मुख खोलेपछि डाक्टरहरुले थाहा पाए बालकको बङ्गारा आसपासको भाग सुन्निएको रहेछ। डाक्टरहरुले बालकको मुख स्क्यान गरेर हेरे । त्यसपछि डाक्टरहरुको होसहवास उड्यो । उनीहरुले एकअर्कालाई हेराहेर गरेर लामो समय बिताए । हो- बालकको तल्लो  बङ्गारामा खादीएर रहेको ५२६ वटा दाँत देख्नासाथ डाक्टरहरु हैरान हुन् पुगे ।

अविश्वसनीय जस्तै लाग्ने उक्त घटना छिमेकी मुलुक भारतको चेन्नाईमा घटेको हो । चेन्नई स्थित् सभिथा डेन्टल कलेज एण्ड हस्पिटलकी प्रमुख डा. प्रतिभा रमानीका अनुसार उक्त बालकलाई लाखौँ व्यक्तिमध्य एकमा हुने कम्पाउण्ड कम्पोजिट ओडान्टोमा भन्ने रोग लागेको हो । डा. रमानीका अनुसार उक्त रोग वंशानुगत पनि हुन् सक्ने साथै वातावरणमा रहेका हानिकारक विकिरणको कारणले पनि हुन सक्ने छ ।

The 7-year-old was released three days after the surgery.

डा. रमानीले बताइन, ” त्यहाँ ०.१ मिलिमिटर(०.०० ४इन्च) देखि १५ मिलिमिटर(०.६ इन्च)सम्मका ५२६ वटा दाँतहरु थिए । सबैभन्दा साना, मसिना र टुक्रिएका दाँतहरुमा पनि इनामेल कोट भेटिएको थियो । जसले गर्दा हामी चकित पर्यौं  ।”

Some of the 526 teeth removed from the sac are displayed.

सभिथा डेन्टल कलेज एण्ड हस्पिटलको अनुसार तीन दिनको अप्रेशन पश्चात उक्त बालक सकुशल आफ्ना २१ वटा स्वस्थ दाँत सहित घर फर्किएका छन्  ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्