Logo

काग कराएमा के हुन्छ ? जान्नुहोस् केही शुभ र अशुभ संकेतहरु



Spread the love


हाम्रो समाजमा कागको सम्बन्धमा मानिसहरूको आफ्नै जनविश्वास रहेको छ । कोहि मानिसहरू काग कराए भने अशुभ हुन्छ भन्छन् भने कसैले शुभ हुन्छ भन्छन् । तर सत्य के हो ? कागसँग जोडिएका केही शुभ र अशुभ संकेतहरु तल निम्म अनुसार छन् ।

शुभ संकेतहरु

१. यदि कागको मुखमा खानेकुरा बोकेको देखिएमा शुभ मानिन्छ । यसले कुनै ठुलो इच्छा पुरा हुने सङ्केत गर्छ ।

२. हामीले बाटोमा हिँड्दै गर्दा कागले कुनै भाडाबाट पानी पिइरहेको देखिएमा धन लाभ हुन्छ साथै हामी जुन कामको लागि हिँडी रहेका छौ त्यो काम सफल हुन्छ ।

३. रुखमा बसेको कागको स्वर पूर्व वा उत्तर दिशाबाट दिउँसोको १२ बजेभन्दा अघि आएको छ भने यसले स्त्री सुखको सङ्केत मानिन्छ ।

४. बिहानको समयमा काग उड्दै आएर हाम्रो खुट्टा छुन पुगे निकै शुभ मानिन्छ । किन भने यस्तो हुँदा जीवनमा उन्नति हुने र धन आर्जन हुने मान्यता रहेको छ ।

अशुभ संकेतहरु

१. यदि तपाइको घरको छानामा कागको हुल आएर झगडा गर्न लागे भने घरमालिकलाई कुनै सङ्कट आउनेवाला छ भन्ने बुझिन्छ ।

२. काग घरको छानामा दक्षिण तर्फ मुख गरेर कराएको छ भने अशुभ मानिन्छ । यसले घरमा कुनै मृत्यु तुल्य घटना हुने सङ्केत गर्दछ ।

३. कागले हाम्रो शरीरमा ठुँगेमा वा टाउकोमा विसर्जन गर्दैमा एक दमै अशुभ मानिन्छ । यदि यस्तो भएमा शारीरिक र मानसिक पिडा हुने मान्यता छ ।

४. काग कसैको टाउको माथि बसेमा धनको नोक्सानी र रोगको भय हुने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्