Logo

अत्याधिक सेक्सी देखिएका भन्दै सरकारले लगायो नायिकामाथि प्रतिबन्ध



Spread the love

एजेन्सी । सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ । सुन्दरता सबैलाई मन पर्छ । सुन्दरता प्राकृतिक हुँदा अझ त्यसले बढी लोभ्याउछ पनि ।

37942444_2115678611986981_1022906956156764160_n

तर कम्बोडियामा केहि भिन्न भएको छ । आवश्यकताभन्दा धेरै सुन्दरता कारण कम्बोडियन एक सुन्दरी समस्यामा परेकी छिन ।

अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी ख्वान(Denny Kwan)माथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

38882933_2126966437524865_7377110109068984320_n

डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ । डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ ।

वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् ।

56551775_2269190966635744_1183904732960260096_n

तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन् । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ ।

Denny Kwanको लागि तस्बिर परिणाम

तर अबदेखि कुनै पनि सेक्सी फोटो फेसबुकमा शेयर नगर्ने उनले बताएकी छिन् ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्