Logo

यस्तो कुकुर जसले गर्छ बाघको सिकार



Spread the love

मनिसहरुले कुकुर आफ्नो सोख को लागि पाल्छन् भने कसैले सुरक्षाको लागि पाल्छन् । हामीलाई थाहा नै छ कि कुनै अपराधीलाई पक्रिन कुकुरको सहयोग लिन्छन् । बाघले कुकुरको सिकार गर्छ भनेर त सुनेकै छौ तर के कहिले कुकुरले बाघको सिकार गर्छ भनेर सुन्नुभएको छ ।

यो घटना भारतको हो जुन बाघको सिकार गर्न उक्त कुकुर जङ्गलमा छाडिएको छ । महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले आतंक मच्चाइरहेको बेला बाघलाई  मार्नका लागि उक्त  कुकुर जङ्गलमा छाडिएको छ । बाघको सिकार गर्ने यो खतरनाक कुकुर इटालियन प्रजातिको कुकर हो । जसलाई इटालियन मास्टिफ पनि भनिन्छ । यसको टाउको निकै भयानक देखिन्छ । विश्वका धेरै देशमा पुलिसले यो कुकुरलाई अपराधी समात्न समेत प्रयोग गर्ने गरेका छन् ।

जुन स्मार्ट, तालीम दिन सकिने, जुझारु तथा आत्मविश्वासले भरिएको आक्रामक हुन्छ । यो कुकुरको जिउ २५ देखि २८ इन्च सम्मको हुन्छ । यसको आयू ९ देखि १२ वर्षसम्मको हुन्छ भने वजन ४५ देखि ५० किलोसम्म हुन्छ ।

प्रतिक्रिया दिनुहोस्