Logo

यस्ता छन् सच्चा तथा झुटा साथीहरु चिन्ने तरिका



Spread the love

सक्कली र नक्कली साथी चिन्न निक्कै गार्हो छ। जिन्दगीमा धेरै साथी भेटिन्छन् तर असली साथी चिन्न भने सजिलो छैन । तपाईंका लागि हरदम जे गर्न पनि तयार हुने व्यक्ति नै तपाईको असल साथी हो । यहाँ केही यस्ता कुरा बताउँदैछौं जसबाट तपाईं असली र नक्कली साथी छुट्ट्याउन सक्नुहुन्छ ।

असल साथीले तपाईंलाई हमेसा प्रोत्साहन गर्ने मात्र नभएर तपाईको हरेक कदममा साथ दिन्छ । हरेक व्यक्तिमा कुनै न कुनै बेवकुफी हुन्छ । तर साँचो साथीले बेवकुफीका बावजुद पनि तपाईंलाई माया गर्छ ।

कहिलेकाहीँ तपाईं नराम्रो काम गरेर फस्नुहुन्छ । यस्तो बेलामा तपाईंका नक्कली साथीहरूले तपाईंलाई डुबाइदिन्छन् । तर सक्कली साथीले तपाईंलाई अप्ठ्यारोबाट निकाल्न मदत गर्छ र माफ पनि गरिदिन्छ । तपाईं गलत नै भएपनि सच्चा साथीले तपाईंको साथ र हात कहिल्यै छोड्दैन ।

समय संगसंगै तपाईंको रुचि परिवर्तन हुन्छ । नक्कली साथीले तपाईंको नयाँ रुचिलाई मजाकमा उडाइ दिन्छन् । तर साँचो साथीले तपाईंको नयाँ रुचिमा समर्थन जनाउँछ ।

तपाईंको खराब बानी छ भने सच्चा साथीले त्यसलाई सुधार्न सहयोग गर्छ । नक्कली साथीहरू तपाईंसँग काम परेमा मात्र सम्पर्क गर्छन् । तर सच्चा साथीले तपाईंसँग कुनै पनि बेलामा सम्पर्क गर्न सक्छन् किनकि उनीहरू तपाईंको जिन्दगीमा के के भइरहेको छ जान्न चाहन्छन् ।

साँचो साथीले तपाईंलाई व्यस्त समयतालिकाका बाबजुद पनि भेट्छन् ।सच्चा साथीले तपाईं निराश र उदास हुँदा सहारा दिन्छन् । अप्ठ्यारो अवस्थामा नक्कली साथी त फरार भइहाल्छन् ।

प्रतिक्रिया दिनुहोस्