Logo

गर्मीमा शितलता पाउनका लागि के गर्ने ? यसो गर्नुहोस् !



Spread the love

गर्मी मौसम बढेसँगै हाम्रो शरीरको तापक्रम पनि बढ्दै जाने गर्छ l जसले गर्दा हाम्रो शरीरबाट पसिना चुहिनुका साथै गर्मी भएको पनि महसुस हुन्छ । त्यस बखत हाम्रो शरीरले प्राप्त मात्रामा शितलता खोज्ने गर्दछ l गर्मीले गर्दा मानिसको शरीर अल्छी हुनका साथै काम गर्नमा पनि अप्ठ्यारो हुन्छ । तर हामीले गर्मी मौसममा पनि आफ्नो शरीरलाई शीतल राख्न सक्छौँ जसका लागि अपनाउने गर्नुपर्छ यी उपायहरू l

यदि तपाइको व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका व्यायाम गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा तपाइको शरीर फुर्तिलो राख्न मदत गर्दछ l

गर्मी मौसममा बढी मात्रामा चिसो पानी पिउनाले पनि पाचन प्रणालीमा सुधार आउनका साथै शरीरलाई पनि शितलता प्रदान गर्दछ l

गर्मीमा गाँजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँप जस्ता फलफुल खाने गर्नाले पनि शरीर शीतल रहनका साथै फुर्तिलो पनि हुने गर्दछ l

मोटा मानिसहरूले गर्मीयाममा केरा खानु उचित रहन्छ । जसको सेवन गर्दा तौल नबढ्नका साथै केरामा पाइने पोटासियम र आइरनले शरीरलाई फुर्तिलो राख्न पनि मद्दत गर्छ।

यदि तपाईँलाई गर्मियाममा पानी पिउन मन लाग्दैन् भने यसको सट्टा जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफुल आदि खाने बानी बसाल्नुहोस् l

गर्मी मौसममा चिया, कफी सकेसम्म कम नै पिउनुपर्छ । बरु यसको त्याग गरी ग्रिन टी पिउने बानी बसाल्नु गर्मीमा बढी लाभदायी हुने गर्दछ l

प्रतिक्रिया दिनुहोस्