Logo

मोबाइलमा नेपालीले खर्च गर्छन् दैनिक १८ करोड



Spread the love

झन्डै एक चौथाइ नागरिक गरिबिको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोवाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ ।

मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखाएको खबर आजको नागरिकमा छापिएको छ ।

टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ ।

यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो । दुबै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोडभन्दा बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्