Logo

मेसीलाई ३ महिना प्रतिबन्ध सहित ५० हजार डलर जरिवाना



Spread the love

१८ साउन, काठमाडाैँ – अर्जे्न्टिना तथा बार्सिलोना स्टार मेसी ३ महिने प्रतिबन्धमा  परेका छन् । मेसी कोपा अमेरीकाका बारेका नकारात्मक टिप्पणी दिएको कारणले प्रतिबन्धमा परेका हुन्  ।

हालै ब्राजिलमा सम्पन्न कोपा अमेरीका भ्रष्ट भएको बताउँदै मेसीले ब्राजिललाई प्रतियोगिताको विजयी बनाउँन जालझेल भएको आरोप लगाएका थिए ।

प्रतिबन्धमा परेसँगै मेसीले अर्जे्न्टिनाका ३ खेल गुमाउनेछन् । ३ महिने प्रतिबन्धको समयमा मसीले चिली, जर्मनी र मेक्सिकोसँगका मैत्रीपूर्ण खेल गुमाउने भएका हुन् । चिली विरूद्ध पाएको रातो कार्डका कारण उनले विश्वकपको १ खेल पनि गुमाउनेछन् ।

मेसीलाई ३ महिना प्रतिबन्ध सहित ५० हजार डलर जरिवाना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्