Logo

नाग पन्चमी विशेष : कालसर्प दोष के हो ? यसबाट छुटकारा कसरी पाउने ?



Spread the love

 

जो-जो व्यक्तिहरूको जन्मपत्रमा कालसर्प दोष देखिएको छ या जो-जो व्यक्तिको हातबाट कालो सर्प (नाग) को हत्याको भएको छ, उनीहरूको जीवनमा अत्यधिक उतारचढाव आउने ज्योतिषहरू बताउँछन् ।  यदि तपाइसँग जन्मपत्र छैन र तपाईँको हातबाट कालसर्प (कालो सर्प) को हत्या भएको छ भने त्यसबाट मुक्त हुन यी विभिन्न कार्यहरु गर्नु उपयुक्त हुनेछ । यहाँ कालसर्प दोषका लक्षणहरु त्यबात मुक्ति पाउने उपायहरुको बारेमा संक्षेपमा चर्चा गरिनेछ ।

कालसर्प दोषका १३ लक्षणहरू :

१. पटकपटक व्यवसायमा हानि हुनु ।

२. मेहनतको पूर्ण फल प्राप्त नहुनु ।

३. आफ्न्ना नजिकका साथीहरूबाट अपहेलित हुनु ।

४. अकारण कलङ्कित हुनु।

५. सन्तान सुख प्राप्त नहुनु एवम् सन्तानको उन्नति हुन् नसक्नु ।

६. विवाह नहुनु एवम्  वैवाहिक जीवन अस्त-व्यस्त रहनु ।

७. स्वास्थ्य खराब हुनु।

८. पटक पटक चोटपटक एवम् दुर्घटनाको सिकार हुनु।

९. असल कामको खराब फल प्राप्त हुनु।

१०. भयावह स्वप्न बार-बार आउने गर्नु एवम्  नाग-नागिन पटक पटक देखिनु।

११. काली स्त्री, जो भयावह होस् वा विधवा होस्, रोइरहेको देख्नु।

१२. आफ्ना नजिकका मृत व्यक्तिहरू बारबार सपनामा आएर केही मागिरहनु, मरिसकेको मान्छेको जन्ती गएको देख्नु, पानीमा डुबिरहेको पाउनु, कुनै व्यक्तिको अङ्गहीन देखिनु ।

१३. गर्भपतन हुनु वा सन्तान भएता पनि लामो उमेर नहुनु ।

यि यस्ता लक्षणहरू काल सर्प दोषका कारण हुने गर्दछ । कालसर्प दोषलाई शान्त गर्न निम्न उपायहरू अपनाउन सकिनेछ ।

नागपन्चमीको दिन निम्नलिखित कार्य गर्नुहोस्, कालसर्प दोषबाट मुक्त हुनुहोस्:

१. चाँदीको नाग-नागिनको  जोडी बनाएर पूजा गरी पानीमा छोड्दिनुहोस् ।

२. सरल मन्त्र – ‘ॐ कुलदेवतायै नमः: या ॐ पितृदेवतायै नमः:’ को  बारबार जप गर्नुहोस् ।

३. सपारे(सर्प पाल्ने मान्छे) कहाँ गई नाग या एक जोडी सर्प किनी जङ्गलमा छाड्दिनुहोस् ।

४. भगवान् शिवको गलामा सर्प नभएको कुनै यस्तो शिव मन्दिरमा जानुहोस्, जहाँ गएर भगवान् शिवको घाँटीमा नाग चढाउनुहोस् ।

५. चन्दनलाई प्रत्येक शुक्रवार वा बुधवार शिव मन्दिरमा चढाउनुहोस् ।

६. भगवान् शिवलाई चन्दन तथा चन्दनको इत्र(रक्त चन्दन) चढाउनुहोस् र आफू पनि लगाउनुहोस् ।

७. नागपन्चमीमा शिव मन्दिरको सरसफाइ एवम् मर्मत गर्नुहोस् ।

८. निम्न मन्त्रहरूको जप-हवन गर्नुहोस् या गराउनुहोस् ।

(अ) ‘नागेन्द्र हाराय ॐ नमः: शिवाय’

(आ) ‘ॐ नागदेवतायै नमः:’ वा नाग पञ्चमी मन्त्र ‘ॐ नागकुलाय विद्महे विषदन्ताय धीमहि तन्नौ सर्प प्रचोद्यात्।’

९. भगवान् शिवको विजया, अर्क पुष्प, धतुरा पुष्प, फल चढाउनुहोस् तथा दूधले रुद्राभिषेक गर्नुहोस् ।

१०. आफ्नो तौल बराबरको कोइला पानीमा बगाउनुहोस् ।

११. नित्य गौमूत्रद्वारा दाँत सफ्फा गर्नुहोस् ।

१२.  नाग गायत्री यन्त्रको  पुरश्चरण(दोहोराउनुहोस् ) गर्नुहोस् ।

१३. नरिवलमा नाग-नागिनको जोडी बनाई पानीमा लगेर बगाउनुहोस् ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्