Logo

रसिया पुगे माल्कम



Spread the love

१९ साउन, काठमाडाैँ – ब्राजिलियन फरवार्ड माल्कम बार्सिलोनाबाट रसियन क्लबमा स्थानान्तरण भएका छन् । बार्सिलोनामा एक सिजन बिताएर उनि रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गमा अनुबन्धित भएका हुन् ।

बार्सिलोनाले शुक्रबार नै माल्कमको स्थानान्तरणको घोषणा गरेको थियो । माल्कमलाई भित्र्याउन पिटर्सवर्गले ४० मिलियन खर्च गरेको छ ।

बार्सिलोनाले शुक्रबार ब्राजिलियन फरवार्ड माल्कोम जेनिटमा अनुबन्ध भएको जनाएको छ । जेनिटले माल्कोमलाई ४० मिलियन युरोमा अनुबन्ध गरेको हो ।

माल्कोमले बार्सिलोनाबाट २४ खेलमा ४ गोल गरेका थिए । उनले रियल मड्रिडविरूद्ध पनि एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्