Logo

आज बार्सिलोना र आर्सनल भिड्दै (नेपाली समय सहित)



Spread the love

१९ साउन, काठमाडाैँ – आज स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्बल आर्सनल आमने सामने हुँदैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा वर्षेनी आयोजना हुने ग्याम्पर कपका लागि बार्सिलोना र आर्सनल भिड्न लागेका हुन् ।

बार्सिलोनाले ला लिगा सुरू हुनु पूर्व वर्षेनी जोन ग्याम्पर कपको आयोजना गरी आमन्त्रित टोलीसँग प्रतिस्पर्धा गर्दछ । गत साल अर्जे्न्टिनी क्लब बोका जुनियर्ससँग खेलेको बार्सिलोनाले  यो सिजन आर्सनलसँग खेल्न लागेको हो ।

१९६६ बाट सुरू भएको जोन ग्याम्पर कपको सर्वा्धिक सफल टोली बार्सिलोना हो । बार्सिलोनाले ५४ ग्याम्पर ट्रफि मध्ये ४१ वटामा आफ्नो नाम लेखाएको छ ।

आजको खेल नेपाली समयअनुसार राति ११ः ४५ बजे सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्