Logo

ब्राम्प्टन वोल्भ्सविरुद्धको खेलमा सन्दीप महँगो साबित



Spread the love

१९ साउन, काठमाडौं । क्यानडामा जारी ग्लोबल ट्वान्टी–२० क्रिकेटमा सन्दीप लामिछानेले ब्राम्प्टन वोल्भ्सविरुद्ध, टोरन्टो नेसनलका लागी पहिलो खेल खेलेका छन् । पहिलाे खेलमै उनी महंगाे साबित भएका छन् ।

ब्राम्प्टनको घरेलु मैदानमा ब्याट्सम्यानलाई सहयोग गर्ने पिचमा सन्दीपले आफ्नो स्पेलमा ४४ रन खर्चेर कोलिन मुनरोलाई आउट गरेर १ विकेट लिए । पाँचौँ ओभरमा बलिङको जिम्मा पाएका सन्दीपले आफ्नो पहिलो ओभरमै ४ चौका र २ छक्कासहित २४ रन खाए । उनी विरुद्ध स्कटल्यान्डका जर्ज मुन्सेले ५ बाउन्ड्री प्रहार गरे ।

आफ्नो दोस्रो ओभरमा सानदार पुनरागमन गरी सन्दीपले ३ रन खर्चेर १ विकेट पनि लिए । इनिङको आठौँ ओभरको चौथो बलमा सन्दीपले १६ बलमा २८ रन बनाएर खेलिरहेका कोलिन मुनरोलाई मिचेल म्याक्लनघानको हातबाट आउट गराए ।

सन्दीपले आफ्नो चौथो ओभरमा ११ रन खर्चिए । १४औं ओभरमा उनलाई नितिस कुमार र सहिद अफ्रिदीले एक एक चौका प्रहार गरेका थिए ।

उनको सपोर्टका लागि क्यानडामा रहेका केही नेपाली समर्थक रङ्गशालामा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्