Logo

भोजपुरमा वडा अधक्ष्यको निमोनिया लागेर मृत्यु



Spread the love

१९ साउन, भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष ७२ वर्षीय रुद्रबहादुर पाण्डेको निमोनियाका कारण ज्यान गएको छ ।

निमोनियापछि पाण्डेको उपचारका लागी भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको थियो । पाण्डेको स्वास्थ्य अवस्था झन् नाजुक बन्दै गयो । जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा त्यही शनिवार साँझ उपचारका क्रममा उनको मृत्यु भएको पौवादुङ्मा गाउँपालिकाले जनाएको छ ।

पौवादुङ्मा गाउँपालिका प्रमुख किरण राईले पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पाण्डे गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट विजयी भएर वडा अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्