Logo

२८ वर्षपछि सल्यानका बस्नेत मन्त्री, को हुन बस्नेत ?



Spread the love

११, साउन काठमाडौ । सल्यान क्षेत्र नम्बर एकबाट दुई चोटि प्रत्यक्ष निर्वाचित सांसद टेकबहादुर बस्नेत देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री भएका छन् ।

सल्यानबाट प्रतिनिधित्व गर्ने संसद र राजनैतिक दलहरुले लामो समयदेखि मन्त्रीमण्डलमा दाबी गरे पनि सल्यानले उपयूक्त अवसर पाउन सकेको थिएन । पटक–पटक माओवादी नेता टेकबहादुर बस्नेत र एमालेका नेता प्रकाश ज्वालाको नाम चर्चामा आएपनि मन्त्री बन्न सफल भएका थिएनन् । २०४६ मा पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री बनेको करिब एक दशकपछि सल्यानका राजेन्द्रबहादुर शाह राज्यमन्त्री बन्न सफल भए पनि सल्यानले मरिचमानसिंह श्रेष्ठपछि फुल मन्त्री पाउँन सकेको थिएन । तर २८ वर्षपछि सल्यानमा माओवादी केन्द्रको तर्फबाट टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बने संगै अब सल्यानी राजनीति कुन दिशामा अघि बढ्ला भन्ने नयाँ प्रश्न समेत खडा गरेको छ ।

संम्भवत बस्नेतले पनि तेस्रो प्रयासमा मात्र मन्त्री बन्ने अवसर पाएका हुन् । यसअघि पटक पटक मन्त्री बन्ने माओवादी केन्द्रको सुचीमा रहे पनि अन्तिम समयमा उनलाई मन्त्रीमण्डलबाट बाहिरै राख्ने गरिन्थ्यो । राजनीतिक यात्राका क्रममा लामो त्याग, तपस्या र लगनशिलताले सत्तामा आइपुगेका बस्नेतले अब सामान्य प्रशासन मन्त्रीको रुपमा समग्र मुलुक र सल्यानलाई केन्द्रसँग जोड्न मन्त्रीको रुपमा कस्तो भूमिका खेल्लान् भन्ने विषय पनि निकै चासोका साथ हेरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातक गरेका बस्नेतले जेटिए भेटनरी समेत पढेका छन् । उनले राजनीति सँगसँगै २०६५ देखि २०६९ सम्म ४ वर्ष लगाएर–“नेपाली कम्यूनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु” को संग्रह र “संविधाननिर्माणमा जनसहभागिता, भाग–१”नामक किताब पनि लेखीसकेका छन् ।

को हुन् बस्नेत ?
नामः टेक बहादुर बस्नेत
जन्म मिति : वि.सं. २०२२ असोज १
जन्मस्थान : बा.न.पा. ८. (साबिक कोटमौला गाविस.वडा नं.३),बिउरेखोला
पिता : स्व.खिमलाल बस्नेत
माता : स्व. टिका कुमारी बस्नेत
श्रीमती : ढाका बस्नेत
स्थायी निवास : बा.न.पा.– ८, बिउरेखोला,सल्यान
अस्थायी निवास : मनमैजु–, काठमाण्डौं
जागीर : जनकल्यान मा.वि.थारमारे सल्यानमा अध्ययन गरी एस.एल.सी.को परीक्षा दिएर २०४० देखि २०४२ सम्म सोही विद्यालयमा अध्यापन ।
– २०४३ माघमा क्षेत्रीय पशुसेवा निर्देशनालय सुर्खेतबाट नायव प्राविधिक सहायक पदको नियुक्ति लिएर जिल्ला पशुसेवा कार्यालय सल्यान खलङ्गाबाट पशुसेवा कार्यालय रागेचौरमा ३ महिना कार्यरत ।

– २०४४ सालमा जिल्ला पशुसेवा कार्यालय रुकुम मुसीकोट र चौरजहारी पशुसेवा कार्यालयमा जागीर ।

– २०४५ देखि २०४७ सालसम्म रुकुम जिल्लाको पशुसेवा कार्यालय प्वाङ्गमा र

-२०४८–४९ मा जिल्ला पशुसेवा कार्यालय, दाङ्ग घोराहीबाट पशुसेवाकार्यालय दाङ्गकै पंञ्चकुले हुँदै फेरी जिल्ला पशुसेवा कार्यालय रुकुमबाट सरुवा भई चौंरी फार्म डोल्पामा कार्यरत रहदा २०५० साल श्रावण मा सरकारी नोकरी सेवा बाट विदाई ।

जिम्मेवारी
सचिवालय सदस्य,माओवादी केन्द,संविधानसभा सदस्य–क्षेत्र नं. : १, सल्यान २०७० मंसिर ४ को संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित ।
कस्ता छन् बस्नेत
माओवादीको मात्र नभएर सल्यानकै एक प्रमुख पात्र हुन् बस्नेत । उनी कुनै पनि विषयमा छिटो र तत्काल निर्णय लिनुभन्दा त्यसको गहिराईमा पुगेर निर्णय लिने उनको स्वभाव छ । साथै निर्णयमा अडिक रहने उनको स्वभाव छ ।
बस्नेतको सल्यानी जनतासँग सम्वन्ध राम्रो छ । उनी पहिले माओवादी केन्द्रका नेता कार्यकर्तामाझ परिचित बस्नेतलाई पछिल्लो समयमा उनको सामान्य जीवनशैली र राजनीतिक शैली मन पराउँने अन्य पार्टी निकटसँग पनि राम्रो सम्बन्ध बनाउँन सफल रहेको विश्वास गरिन्छ । उनीसँग आफूप्रति वफादार नेता÷कार्यकर्ताको पुरानो पंक्ति अझै उनी सँगै छ, जसले उनलाई हरदम साथ दिन्छन् ।
बस्नेतको राजनीतिक यात्रा
१) २०४२ मै १० महिने कृषि तथा पशु विज्ञानको कोर्शसंगै नेपालकमर्स क्याम्पस मीनभवनमा अध्ययन गर्दै अखिल विद्यार्थी संगठनमा आबद्ध ।
२)  २०४७ असोजमा ने.क.पा.(मशाल) को सदस्यता प्राप्त, मंसीरदेखि पार्टीको तल्लो एकाई सेल कमिटीमा आबद्ध÷संगठित ।
३)  २०५० भाद्रदेखि पूर्णकालिनजिल्ला पार्टी सदस्यको जिम्मेवारी प्राप्त ।
४)  २०५१ चैत्रमा सम्पन्न ने.क.पा.(एकताकेन्द्र)सल्यान जिल्लाको दोस्रो सम्मेलनबाट जिल्ला सेक्रटरीमा निर्वाचित ।
५)  २०५२ मंसीरको बैठकबाट जिल्ला सैनिक आयोगको प्रमुख ।
६)  २०५२ चैत्रदेखि २०५६ सम्म रुकुम र सल्यानको जिल्ला पार्टी सचिवालय सदस्य ।
७)  २०५६ भाद्रमा रुकुमबाट अलग भएपछि सल्यान जिल्ला पार्टी सेक्रेटरीमा नियुक्त ।
८)  २०५७ पौषमा सल्यान जिल्ला जनसरकार प्रमुख तथा फागुनमा पार्टी क्षेत्रीय व्यूरो सदस्य ।
९)  २०५८ मा जनमुक्ति सेना, नेपाल कम्पनी कमिस्नर ।
१०)  २०५९ मा जनमुक्ति सेना, नेपाल तेस्रो बटालियन कमिस्नर ।
११)  २०६० मा जनमुक्ति सेना,नेपाल तेस्रो ब्रिगेड सहकमिस्नर ।
१२)  २०६० श्रावणमा पार्टी केन्दीय समिति सदस्यको जिम्मेवारी प्राप्त ।
१३)  २०६१ को फून्टिबाङ्ग बैठकमाजनमुक्ति सेना,नेपाल तेस्रो ब्रिगेड कमिस्नर ।
१४)  २०६२ असोजको चुनबाङ्ग बैठकमा जनमुक्ति सेना,नेपाल तेस्रो डिभिजन कमिस्नर, पार्टी तेस्रो सैन्यव्यूरो ईन्चार्ज ।
१५)  २०६३ मा शान्ति प्रक्रियापछि सल्यान जिल्ला पार्टी ईन्चार्ज ।
१६)  २०६४ चैत्र २८ गते,सल्यान–१ बाट संविधानसभा सदस्यमा निर्वाचित ।
१७)  २०६९ माघ २०–२६ सम्म सम्पन्न हेटौंडा महाधिवेशनबाट पार्टी केन्दीय समितिमा निर्वाचित ।
१८)  २०७० मंसीर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा,सल्यान–१ बाट पुनःसंविधानसभा सदस्यमा निर्वाचित ।
क. संविधानसभा अन्तरगत–संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति सदस्य,
ख. संसदीय सुनुवाई विशेष समिति सदस्य,
ग. सार्वजनिक लेखा समिति सदस्य, २०७०-१२-१४ गतेको संविधानसभा बैठकबाट

प्रतिक्रिया दिनुहोस्