Logo

टंक बुढाथोकीको ‘कसरी कसरी २’ ट्रेन्डिङ्ग नम्बर १ मा (हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका गायक तथा सङ्गीतकार टंक बुढाथोकीको ‘कसरी कसरी’ सफलता पछि फेरी ‘कसरी कसरी २’ बजारमा ल्याएका छन् ।

गायिका मेलिना राईले ‘टिक टकमा देखेको’ भन्दै गायक टंकलाई जिस्काउँदै छिन् । जिस्काउँदै-जिस्काउँदै गायक टंकले ‘कसरी कसरी २’ बोलको गीत सार्वजनिक गरेका छन् । यस गीतलाई थोरै समयमा दर्शकले अत्यधिक रुचाएका छन् भने अहिलेयो गीत ट्रेन्डिङ्ग नम्बर एकमा पर्न सफल भएको छ ।

गीतमा गायक टंकले नै शब्द र सङ्गीत दिएका छन् भने दीपकराज सुनारले कोरियोग्राफी गरेका हुन् । सुनिल क्षेत्री, एआर बुढाथोकी, आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठसँगै गायक टंक र गायिका मेलिना आफै अभिनय गरेका छन् । कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका छन् ।

‘कसरी कसरी’ भाग १लाई दर्शकले अत्यधिक रुचाएको हुँदा यसैको भाग २ निकालिएको छु यस गीतले दर्शकाले मन पराउने छन् भने विश्वास छ भन्दै गायक टंक बताएको छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/j-BqGVjPzJk

प्रतिक्रिया दिनुहोस्