Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१६७१९
निको भएका
८४४२

बन्दीपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते



१९ साउन, दमौली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको अवस्था सामान्य छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्