Logo

स्वस्थ रहन चाहनुहुन्छ भने दैनिक केहि समय पैदल हिँड्ने बानी बसाल्नुहोस्



Spread the love

हामीलाई जहिले पनि धेरै हतार हुन्छ र जहाँ पनि छिटो पुग्नु पर्ने चटारोले सताउँछ । त्यस्तै, आजकल मानिस यति अल्छी भएका छन् कि हिँड्न समेत भुलेका हुन्छौ । पैदल हिँड्नु स्वस्थ जीन्दगीको एक महत्वपूर्ण चाबी हो भन्ने थाहा हुँदा हुँदै पनि हामीलाई कत्ति पनि हिँड्न मन लाग्दैन ।

नियमित रुपमा नहिँड्ने बानीको कारण हामीले विभिन्न रोगहरुलाई निम्ता दिइरहेका हुन्छौ । नियमित शारीरिक व्यायाम र हिँडडुल नगर्नाले स्याँ-स्याँ हुने, हृदयघात, उच्च रक्तचाप, डायबिटिज मात्रै होइन क्यान्सर जस्ता घातक बिरामीले हामीलाई सताई रहेको हुन्छ ।

दिनहुँ केहि समय पैदल हिँडेर हामीले आफ्नो तौल घटाउन सक्ने मात्र होइन मांसपेसीलाई पनि मजबुत बनाउन सक्छौं । साथै विहानविहानै हिड्ने बानीले बेचैनी र तनावसमेत कम हुन्छ ।

नियमित दैनिक २० देखि ३० मिनेटको पैदलयात्राले मृत्युको खतरा २० प्रतिशतसम्म कम हुन सक्छ । एक नयाँ अध्ययनबाट हरेक दिन औसत २२ मिनेटमात्रै पैदल हिँडेर मानिसले आफ्नो स्वास्थ्यमा धेरै सुधार गर्न सक्ने खुलासा गरिएको छ ।

अध्ययनकर्ताले निष्कर्शमा लेखेका छन्, ‘पैदल हिँड्नु आँफैमा एक पुरा कसरत हो । यसको लागि कुनै पनि किसिमको उपकरण वा सरसामान वा ट्रेनिङको आवश्यकता पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्