Logo

यस्ता व्यक्तिको घरमा झुकिएर पनि कहिल्यै भोजन नगर्नुहोस्



Spread the love

जीवन र जगतको बारेमा हाम्रो पौराणिक शास्त्रहरुमा धेरै अमूल्य कुरा छन् । त्यस मध्य उपयोगी शास्त्र हो, गरुड पुराण । गरुड पुराणमा मानव जातिको मार्ग दर्शनका लागि धेरै उपयोगी कुरा लेखिएको छ ।

गरुड पुराणमा केही यस्तो कुरा पनि बताइएको छ, जसको घरमा भोजन गर्नु ठिक हुँदैन । आफ्नो हातले खाना पकाईरहँदा शान्त चित्तले, खुसी मनले, ध्यानपूर्वक पकाउनुपर्छ । यसरी पकाएको खानेकुरा सेवन गर्दा शरीरलाई फाइदा गर्छ ।

भनिन्छ नि, मानिसले जस्तो भोजन गर्छ, उसको मनमा पनि त्यही भाव पैदा हुन्छ । यस्ता व्यक्तिहरुको घरमा कहिल्यै भोजन नगर्नुहोस् :

भ्रष्टचारीको घरमा पाकेको खाना

अहिले धेरैजसो थोरै काम गरेर, थोरै समयमा धेरै पैसा कमाउने चक्करमा पर्दा मान्छेहरु भ्रष्टचार गर्नबाट बन्चित भएका छैनन् । भ्रष्टचारी वा भ्रष्ट मतिको कारण सर्वसाधरणको खुसी लुटिएको हुन्छ । सुख खोसिएको हुन्छ । यस्ता भ्रष्ट मति भएका व्यक्तिको घरमा पाकेको वा उनले दिएको खानेकुरा सेवन गर्नु हुँदैन ।

चरित्रहीन महिला

जो महिलाको चरित्र ठिक छैन, जो धोका दिने, छल-कपट गर्ने प्रवृत्तिको छ, उनीहरुले पकाएको खानेकुरा सेवन गर्नु हुँदैन । चरित्रहीन महिलाले पकाएको खानेकुरा आफैमा शुद्ध हुँदैन । उनीहरु जति विकारयुक्त हुन्छ, खानामा पनि त्यसको असर पर्छ ।

क्रोधित व्यक्तिले पकाएको

मान्छे विभिन्न स्वभावका तथा विभिन्न प्रवृत्तिका हुन्छन् । कोही मान्छे शान्त स्वभावका हुन्छन् भने कोहि क्रोधित, रिसाह स्वभावका हुन्छन् ।क्रोधित मान्छेले पकाएको खानेकुरा खानु ठिक हुँदैन । उनीहरुको नियत खराब हुन्छ ।

दृष्ट व्यक्ति

अरुलाई दुःख दिने, अरुको पीडामा रमाउने र अरुको कुभलो चिताउने व्यक्तिले पकाएको वा उसको घरमा पाकेको खानेकुरा खानै हुन्न । उनीहरुले तपाईंलाई हार्दिकतापूर्वक खान ख्वाउँदैनन् । कुनै कालो नियत राखेर ख्वाउँछन् ।

कुरा काट्ने व्यक्ति

कतिपय व्यक्ति अरुको कुरा काट्नमा खप्पिस हुन्छन् । उनीहरुको यो प्रवृत्ति नै हो ।अरुको कुरा काट्नु भनेको अरुको नकारात्मक, कमजोर पक्ष केलाउनु हो । अरुको कुरा काट्ने व्यक्तिहरुले पकाएर कुनै खानेकुरा दिन्छ भने त्यो खानेकुरा खान हुँदैन ।

दरिद्र व्यक्तिको

गरिब हुनु आफ्नो मात्र दोष नहुन सक्छ । यद्यपी यस्ता व्यक्तिको खाना खाइदिनु हुँदैन । जो व्यक्ति आफैमा खराब दिनहरुबाट गुजि्ररहेका छन्, जो अभावको पीडामा छन्, उनीहरुको घरमा गएर खाइदिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्