Logo

देशैभरका क्याम्पसमा यस वर्षदेखि बिएलाई चारवर्षे बनाउँदै छौ : डिन, प्रा. शिवलाल भुसाल



Spread the love

२० साउन, काठमाडौँ l त्रिभुवन विश्वविद्यालयले ३ वर्षे हुने गरेको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अब यस वर्षदेखि चार वर्षे बनाउने तयारी गरेको छ । डिन कार्यालयले ४ वर्षे बिएका लागि कोर्स तयार बनाउन लगाएता पनि अहिलेसम्म भने अधिकांश विषयले सकेका छैनन् । यसैसन्दर्भमा त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.शिवलाल भुसालसँग गरेको कुराकानीको सारसंक्षेपः

के यसै वर्षदेखि स्नातक तह तर्फ चार वर्षे बनाउने तयारी हो ?
हो, यस वर्षदेखि बिएलाई चारवर्षे बनाउँदै छौ । स्नातक तहमा मानविकी सङ्कायमा ३६ वटा कार्यक्रम लागू भएका छन् । जसमध्ये चार विषयले कोर्स तयारी गरेका छन् । त्रिवि सम्बन्धन प्राप्त देशैभरका क्याम्पसमा यस वर्ष देखि लागु हुने गरी स्नातक तहलाई चार वर्षे बनाईदैछ ।

त्यसका लागि त पाठ्यक्रम पनि आवश्यक पर्ला त ?
पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छौँ । २६ साउनमा पुनः बैठक बसेर भदौबाटै पाठ्यक्रम निर्माण भइसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्