Logo

नेपाली चलचित्र ‘२ रुपैयाँ’ ट्रेलर रिलिज(ट्रेलरसहित)



Spread the love

भदौं  २३ गते देखि प्रर्दशनमा आउन लागेको फिल्म ‘२ रुपैयाँ‘ को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ ।

फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाहा गरेका छन् ।फिल्म २ रुपैयाँ को २ गीत यस अघिनै सार्वजनिक भइसकेका छन्। सार्वजनिक २ गीतलाई दर्शक श्रोताले रुचाइरहेका छन्। २ गीत मध्ये पनि कुटुमा कुटु एकदमै हिट भएको छ । यस गीतलाई लाई युट्युबमा पनि १ करेड २३ लाख बढी भ्युज मिलेको छ।असिम शाहले निर्देशन गरेको फिल्ममा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ।

हेर्नुहोस् ट्रेलर: 

 

https://youtu.be/166o_vQmpVA

प्रतिक्रिया दिनुहोस्