Logo

कसरी हटाउने नकारात्मक सोच ?



Spread the love

के तपाईँको दिमागमा बारम्बारता नकारात्मक सोच आउने गर्छ ? र यस्तो सोचलाई हटाउन चाहनुहुन्छ ? यदि वास्तवमै चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपायहरू जसले नकारात्मक सोच आउनबाट छुटकारा दिने गर्छ l

  • यदि तपाईँ कुनै पनि कुराले चिन्तित हुनु हुन्छ भने सो कुरा साथीभाइसँग भन्ने गर्नुहोस् l जसले गर्दा तपाइको मन हलुका बनाई बिस्तारै नकारात्मक सोच हट्दै जान्छ ।
  • जुन कुरालाई लिएर तपाईँ डराउनु हुन्छ सोही कुराको सामना गर्ने बानी बसाल्नुपर्छ l जस कारण नकारात्मक सोचबाट बच्न सकिने छ l
  • यदि तपाईँलाई बारम्बार नकारात्मक सोचाइ आउँछ भने योग, ध्यान र शान्त वातावरणमा आँखा बन्द गरेर बस्ने बानी बसाल्नुहोस् l जसलाई गर्दा बिस्तारै नकारात्मक सोचाइ हट्दै जाने गर्छ ।
  • नकारात्मक सोचाइको विकास हुनुमा अन्य व्यक्तिको गल्ती देखाउनु भन्दा पनि आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुपर्छ ।
  • कुनै पनि काममा स्वयंलाई व्यस्त राख्नुहोस् l जसले गर्दा तपाइको ध्यान काममा हुन्छ र नकारात्मक सोचबाट पनि छुटकारा पाइन्छ l

प्रतिक्रिया दिनुहोस्