Logo

तनावबाट कसरी पाउने छुटकारा ? खाने गर्नुहोस् यी चिजहरू



Spread the love

के तपाईँ तनावग्रस्त हुनु हुन्छ ? यदि हुनु हुन्छ भने चिन्ता नमान्नु होस् l यसबाट पनि सजिलै छुटकारा पाउन सकिन्छ, त्यही पनि केही गरेर होइन मात्र खाएर l तनावमा हुँदा खाने गर्नुहोस् यी चिजहरू जसले तपाइको तनावलाई घटाउने कार्य गर्छ l

अमला
यदि तपाईँ तनावमा हुनु हुन्छ भने खाने गर्नुहोस् अमला जसले तपाइको तनावलाई घटाउने काम गर्दछ l

जौ
जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ ।

कुरिलो
यदि तपाईँ तनावमा हुनु हुन्छ भने कुरिलोको सेवन गर्नुहोस् l यसको सेवन गर्नाले तनावलाई कम गरी शरीरलाई शान्त राख्न मदत गर्दछ l

ब्रोकाउली
ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्न मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ ।

चिसो पानी
तपाइमा जब तनाव उत्पन्न हुन्छ तब चिसो पानी पिउनुहोस् । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।

केरा
यदि तपाईँ तनावग्रत हुनु हुन्छ भने दिनको २ ओटा केरा खाने बानी बसाल्नुहोस् l केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । जसको सेवन गर्नाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्