Logo

कसरी राख्ने प्रेम सम्बन्धलाई कायम ? यस्ता छन् उपाय



Spread the love

 

के तपाईँ चाहनुहुन्छ आफ्नो प्रेम सम्बन्ध वा विवाहित जीवन खुसी र सुखी बनाउन ? यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपाय हरू जसले गर्दा तपाइको सम्बन्ध सधैँ खुसी र सुखी हुने गर्छ l

  • आफ्नो पार्टनरसँग बिहानीको सुरुवात मिठो चुम्बन र मायाका दुई शब्दका साथ गर्नुहोस् । यसले तपाईँ र तपाइको पार्टनरको दिन खुसीले बित्नेछ ।
  • कहिले काहीँ आफ्नो प्रेमलाई कलात्मक तरिकाले दर्साउनुहोस् l जसले गर्दा तपाइको पार्टनर सजिलैसँग तपाइको मायामा डुब्नेछ l
  • तपाइको पार्टनरलाई मिठो लाग्ने खानेकुरा बनाउनका साथ साथै पार्टनरलाई मन पर्ने पहिरन लगाउनुहोस् l जस कारण तपाइको प्रेम कायम नै रहनेछ l
  • एक अर्काको साथ बढी समय बिताउने गर्नुपर्छ l त्यसो गर्नाले एक अर्कालाई सजिलै बुझ्न सकिनेछ l
  • आफ्नो पार्टनरलाई मन पर्ने उपहार दिनुहोस् l जसले गर्दा तपाइको पार्टनरको मनमा तपाइको लागी अझै प्रेम बढ्दै जाने गर्दछ र तपाईहरू बिचको सम्बन्ध कायम नै रहनेछ l
  • आफ्नो पार्टनरसँग झुक्किएर पनि रिसाएर वा झर्केर नबोल्नुहोस् l यसरी बोल्दा तपाईहरू बिचको प्रेम घट्दै जाने गर्छ l यसको बदलामा आफ्नो पार्टनरलाई मायालु नजरले हेर्ने बानी गर्नुहोस् l

प्रतिक्रिया दिनुहोस्