Logo

यस्ता छन् सुजी खानुका फाइदै फाइदा



Spread the love

हामी सबैले सूजीको हलुवा खाएका छौँ । सूजीबाट अनेकौँ अन्य स्वादिष्ट परिकार पनि बनाउन सकिन्छ, जुन स्वादको साथै स्वास्थ्यको लागि पनि फलदायी हुन्छ । सूजीको प्रयोगले हुने यी फाइदाहरु :

-सूजीको ग्लाइसेमिक इंडेक्स निकै कम हुन्छ, जसले शरीरमा ग्लूकोजको मात्रा बढाउँदैन र डायबिटीज रोगीको लागि निक्कै फाइदाजनक हुन्छ ।

-यसमा बोसो नहुने हुनाले तपाईको वजन बढ्ने सवाल उठ्दैन । यसको साथै यसले वजन कम गर्न मदतसमेत गर्न सक्छ ।

-यो हल्का आहार भएकोले शरीरको ऊर्जालाई नष्ट गर्दैन । यसको सेवन पश्चात् तपाईलाई हल्का महसूस हुन्छ ।

– सजिलै पाचन हुन्छ र पाचन सम्बन्धि समस्या उत्पन्न हुँदैन । पेट पनि सजिलै सफा हुन्छ ।

– यसमा फाइबर, भिटामिन ई, भिटामिन बी हुनुको साथै अन्य पोषक तत्व पनि हुन्छ, जसले स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट राहात दिन्छ ।

प्रतिक्रिया दिनुहोस्