Logo

आजका युट्युब ट्रेन्डिङ, बनेपा काण्ड पनि भित्रियो (भिडियो सहित)



Spread the love

२० साउन, काठमाडौँ – युट्युब अहिले सबैको मनोरञ्जनको साथि भएको छ । पहिले काम भए काममा व्यस्त हुने तर काम नभए कतै घुम्न जाने मानिसको बाक्लो संख्या थियो । अहिले घुम्न जाने कम तर घरमा समय बिताउने मानिसको संख्या बढ्दो छ । सबै काम सकिएपछि युट्युबमा समय बिताउने जमात पनि बाक्लै छ ।

युट्युबमा हरेक सेकेन्ड नयाँ विषयवस्तु आइरहेका हुन्छन् । ति सबै विषयवस्त मानिसले मन पराउँदैनन् । तर कुनै विषयवस्तुले एकै छिनमा बाक्लो लोकप्रियता बटुल्छन् । हामीले आज युट्युबमा लोकप्रिय ३ विषयवस्तुलाई यहाँ उतारेका छौँ ।

१ . कसरी कसरी २

टंक बुढाथोकिका छोरा एआर बुढाथोकिले मेलिना राईसँग गाएको “कसरी कसरी“ गीतको दोश्रो गित आज युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । युट्युबमा अपलोड भएको तेश्रो दिनमा यो गितले लगभग १२ लाख दर्शकको ध्यान तान्दै एक नम्बरमा स्थान पाएको छ । यो गित गत शनिबारदेखी पहिलो नम्बरमा बसिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

२. यारी हे

नेपालका प्राय सबै वस्तुमा भारतको राम्रै प्रभाव छ । आजको युट्युको दोश्रो ट्रन्डिङमा पनि भारतीय विषयवस्तुले नै स्थान पायो । भारतमा मित्रता दिवसको उपलक्षयमा बनाइएको यो गीतले २ दिनमा नै १५ करोड दर्शक बटुल्यो । २ दिनमा कमाएको यो दर्शक भीडले गीतलाई युट्युबमा दोश्रो स्थान दियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

३. बनेपा काण्ड

आज युट्युबको तेश्रो स्थानमा नेपालको राजधानी वरीपरीको विषयवस्तु रहेको छ । काभ्रेको बनेपामा भएको शंकास्पद विषयवस्तुको बारेमा बनेको भिडियो आज तेश्रो स्थानमा रहन सफल भएको हो । यो भिडियोले यो समाचार बनाउँदासम्म लगभग ३ लाख ५५ हजार दर्शक पाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्