Logo

चन्दका दुई कार्यकर्ता पक्राउ



Spread the love

२० साउन, झापा – नेत्र विक्रम चन्द नेतृत्वको समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–२ स्थित बेलडाँगी क्षेत्रबाट प्रहरीको विशेष गस्ती टोलीले झापा जिल्ला सदस्य सोही वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ वर्षीय पुकार योञ्जन पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैको साथबाट उक्त समूहका पर्चा, चन्दा रसिदसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए । उनका अनुसार वेलडाँगी क्षेत्रमा चन्दा असुलीलगायतका गतिविधिमा सङ्लग्न भएको विशेष सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्