Logo

क्रिकेटबाट म्याकुलमको सन्यास



Spread the love

२१ साउन, काठमाडाैँ – ब्रेन्डन म्याकुलमले क्रिकेट जिवनबाट सन्यासको घोषणा गरेका छन् । न्युजिल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान म्याकुलमले क्यानडामा जारी ग्लोबल टी(ट्वान्टी क्रिकेट सकिएपछि सबै खाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

म्याकुलमले सन्यासको घोषणा गर्न सामाजिक सञ्जाल प्रयोग गरेका छन् । उनले ट्वीटरमा केही लेख्दै सन्यास लिने जानकारी गराएका छन् । सन्यासको घोषणा गरे पनि  उनी अहिले टोरन्टो नेसनलबाट ग्लोबल टी(ट्वान्टी खेलिरहेका छन् ।

आफ्नो २० वर्षे क्रिकेट करीयरको आँफैले गर्व तथा परिवार, प्रशिक्षक, सहकर्मी तथा समर्थकलाई धन्यवाद दिँदै उनले सन्यास लिने ट्वीट समेत गरेका छन् ।

२०१६ मा म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्