Logo

राजधानीमा कडा खालको स्वाइनफ्लु : दुईको मृत्यु



Spread the love

केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ ।

स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको खबर आजको नेपाल समाचारपत्रमा छ। शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ ।

शिक्षण अस्पतालमा भाइरल निमोनियाका अन्य दुई जना बिरामी आईसीयूमा उपचाररत रहेको डाक्टर आचार्यले बताए। ‘भाइरल निमोनियाका कारण अस्पताल आएका बिरामीको ल्याब परीक्षण गर्दा स्वाइनफ्लु देखिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्